१२ वर्षकै उमेरमा आमा बन्न सकिन्छ भन्नेमा तपाइँ विश्वास गर्नुहुन्छ ? राम्रोसँग शारीरिक विकाससमेत नभएको अवस्थामा आमा बन्ने सम्भावनालाई जो कसैले पनि अपत्यारिलो मान्छ नै, तर बेलायतमा १२ वर्षीय एक बालिकाले छोरी जन्माएकी छन् । अचम्म त यो छ कि छोरीको पिता पनि भर्खरै १३ वर्षमा प्रवेश गरेका छन् ।
समाचार एजेन्सीहरुका अनुसार लन्डन घर भएकी १२ वर्षीय ती बालिकाले गत साता छोरी जन्माएकी हुन् । शिशुको तौल ७ पाउन्ड रहेको र आमा र शिशु दुबै पुर्ण स्वस्थ्य रहेको बताइएको छ । उनी ११ वर्षकै उमेरमा गर्भवती भएकी थिइन् । प्राथमिक तहमा अध्ययन गर्दै आएकी उनी केही महिनादेखि विद्यालय जान छोडेकी थिइन् । यद्यपी उनको शरीर त्यतिबेलासम्म पनि गर्भवतीको जस्तो नदेखिएको बताइन्छ ।
ती बालिकाले आफ्नै घर नजिकै रहेको १३ वर्षीय बालकसँग शारीरिक सम्बन्ध कायम राखेको बताइन्छ । दुबै परिवारले उक्त सम्बन्धप्रति सकारात्मक रही सहयोगी भूमिका निर्वाह गर्दै आएका छन् ।
कम उमेरमा आमा बनेकी ती बालिकाकै आमाको उमेर भर्खर २७ वर्ष पुगेको छ । २७ वर्षकै उमेरमा आफू हजुरआमा बन्न पाएकोमो उनीसमेत खुशी रहेको बताइएको छ । ती महिलाले छोरीलाई आफूसँगै लगेर नातिनीको जन्मदर्तासमेत गराएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।